अमर लामा किन मारिए कमरेड प्रचण्ड ? : कांग्रेस प्रवक्ता शर्मा

  • साझा डबली
  • शनिबार, जेष्ठ ४, २०७६
  • काठमाडौँ, जेष्ठ ४। नेकपाले मुलुकभर तत्कालीन महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झनामा विभिन्न कार्यक्रम गरिरहेको छ । राजधानीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएका छन् ।

    बल्खुमा आयोजित कार्यक्रममा नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड सहभागी भए । मदन-आश्रितको शालिकमा फूलमाला चढाएर स्मरणसमेत गरे ।

    कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले ‘मदनका विचारलाई विकसित गर्ने कि दोहोर्‍याउने ?’ भन्दै भाषण ठोके । प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीले पनि नेपाली समाज विखण्डन गर्न केही तत्त्व लागेको धारणा सार्वजनिक गरे ।

    उता कोटेश्वरमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा पुगे । उनले त झन् ‘मदन भण्डारीको हत्यारा पत्ता लगाउने प्रक्रिया सुरू भयो’ भन्दै भाषण गरे ।

    विभिन्न तह र तप्काबाट मदन-आश्रितलाई नेकपाले सम्झिरहेका बखत नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ‘अमर लामा किन मारिए कमरेड ? भन्दै प्रचण्डलाई प्रश्न गरेका छन् ।

    उनले शुक्रबार मदन-आश्रितको स्मृति दिवसकै अवसर पारि प्रचण्डका नाममा ट्विटमार्फत धारणा सार्वजनिक गरेका हुन् ।

    यस्तो छ उनको ट्विट :
    तत्कालीन एमालेको ठहर थियो `षड्यन्त्र´ का मतियार हुन् अमर लामा, उनलाई सबै थाहा छ l तर ती `सुत्र´ भनिएका लामालाई गोलीले उडायो माओवादीले l एमाले-माओवादी एक भएपछि जरुरी छैन र यो छलफल कि `सत्य´ जो बाट थाहा लाग्थ्यो ती अमर लामा किन मारिए

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology