किरातीहरुले धुमधामका साथ उभौली मनाउँदै

  • साझा डबली
  • काठमाडौँ, जेष्ठ ४। किरातीहरुको महान् चाड उभौली पर्व धुमधामका साथ मनाउन थालिएको छ । राई, लिम्बू, याक्खा, सुनुवार र भुजेलले आआफ्नै तरिकाले मनाउन थालेका हुन् । ती समुदायल बिहानैदेखि प्रकृति, देविदेवता र भुमीको पूजा अर्चना सुरु गरेका छन् । यो पर्वमा वालीनाली सप्रियोस, अन्नवालीमा किरा, फट्याङग्रा नलागोस, प्रकृतिमा सहकाल देओस् भन्दै इष्ट देवतासँग पूजा र प्रार्थना गरिन्छ ।

    किरात लिम्बू समुदायले किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा इलामको आयोजनामा इलाम नगरपालिका ६ बालनगाउँमा पूजा अर्चनासँगै केलाङ तथा शुभकामना आदानप्रदान र विभिन्न सांस्कृतिक कार्यक्रमको तय गरिएको चुम्लुङले जनाएको छ ।

    किरात समुदायले यो पर्वमा प्रकृतिको पूजासँगै मौलिक संस्कृति झल्काउने पोशाकमा सजिने, मीठो खाने, इष्टमित्र छिमेकीलाई बोलाएर मीठो परिकार खुवाउने गर्दछन् । उभौली पर्वको अवशरमा राजधनी सहित किरात समुदायको बसोबास रहेको क्षेत्रमा विशेष कार्यक्रम हुँदैछन् ।

    किरात समुदायले उधौली र उभौली गरि दुई पर्व मनाउँछन् । बैशाख पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली पर्व मनाइन्छ । उभौलीको अवसरमा किरात समुदायले मौलिक नाचँगान र झाँकी प्रदर्शन पनि गर्ने गर्दछन् ।

    यसैगरी लिम्बू समुदायको बहुल्यता रहेको जिल्लाका विभिन्न स्थानहरुमा यक्वा तङनाम मनाउँदै छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology