खानेपानीको मिटर रिडिङमा कर्मचारीको चरम लापरबाही

  • साझा डबली
  • बिहिबार, जेष्ठ २, २०७६
  • साझाडबली, जेष्ठ २। पाँचथरको फिदिम बजारमा खानेपानि वितरण गर्दै आएको फिदिम खानेपानि तथा सरसफाई उपभोक्त समितिले उपभोक्ताहरुको घरमा मिटर रिडिङ् गर्ने क्रममा लापरबाही गरेको उपभोक्ताले गुनासो गरेका छन् ।

    उपभोक्ताको घरमा मिटर रिडीङको क्रममा समितीले खटाएका कर्मचारीहरुले मिटरले देखाएको भन्दा बढि परिणाम बिलमा लेखिदिएको फिदिम १, मेनरोडका उपभोक्ता हाङनारायण आङदेम्बेले गुनासो गरे।

    मिटरले देखाएको भन्दा आठ हजार लिटर बढी मिटर रिडीङ् गर्नेले बिल बनाइदिएको आङदेम्बेको भनाई रहेको छ ।

    यता मिटर रिडिङ् गर्न खटिएका कर्मचारी लिला घिमिरेले भने भुलवस त्यस्तो भएको प्रतिक्रिया दिएका छन् । नियतवस नभएर भुलवस त्यस्तो भएको कर्मचारी घिमिरेको भनाई रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology