खाजा खाँदा आठ जना विरामि, दुईको अवस्था गम्भिर

  • साझा डबली
  • बिहिबार, जेष्ठ २, २०७६
  • पाँचथर, जेठ २। पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा खाजा खाँदा आठ जना बिरामी परेका छन् ।

    बिरामी पर्नेहरुमा १७ वर्षीया रेनुका दास, १९ वर्षीया विष्णु विक, सोना लिम्बू, ९ वर्षीया मुना लिम्बू, २३ वर्षीया मनकुमारी फियाक, २२ वर्षीया लक्ष्मी लिम्बू, १८ वर्षीया मनिषा लिम्बू र १३ वर्षीया युहाना लिम्बू रहेका छन् ।

    बिरामी परेकामध्ये लक्ष्मी र मनिषाको अवस्था सिकिस्त रहेको बताइएको छ ।उनीहरुको फिदिमको समर्पित अस्पतालमा तथा अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    स्थानीय जस्मिता फियाकको घरमा चलिरहेको तीन महिने ढाका बुनाइ तालिम लिइरहेका उनीहरु वैशाख ३० गते खाजा खाएपछि बिरामी परेका हुन् । उनीहरुलाई बुधबार अस्पताल भर्ना गरिएको हो । उनीहरुले खाएको खाजामा प्रयोग गरिएको नूनमा शिशाका कणजस्ता वस्तु भेटिएको फाल्गुनन्द–२, का वडाध्यक्ष समेत रहनुभएका तालिम आयोजना गरिरहेको संस्था मिलन केन्द्र नेपालका अध्यक्ष बहादुरसिं नेम्बाङले बताउनुभयो ।

    घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो । तालिमको प्रशिक्षक समेत रहनुभएकी घरधनी जस्मिताका अनुसार घटना भएको अघिल्लो  दिन राति घरको किचन खुला छाडिएको र मौका छोपेर कसैले नूनमा विषाक्त वस्तु मिसाएको हुनसक्ने आशंका गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology