आज २६ औँ मदन आश्रित स्मृति दिवस मनाईँदै

  • साझा डबली
  • बिहिबार, जेष्ठ २, २०७६
  • काठमाडौं, जेठ २। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २६ वर्ष पूरा भएको छ ।

    दुई नेताको २०५० साल जेष्ठ ३ गते चितवनको दाशढुंगामा जिप दुर्घटनामा निधन भएको थियो ।

    तत्कालीन माओवादी र एमालेबिच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुधबार विविध कार्यक्रम गरि मदन–आश्रित स्मृति दिवस मनाउँदै छ ।

    गएको वर्ष मदन–आश्रित स्मृति दिवसकै दिन पारेर एमाले र माओवादीले एकताको घोषणा गरि नेकपा बनाएका थिए । एकीकृत पार्टी बनेको एक वर्ष पूरा भएको छ ।

    एकताले पूर्ण रुपमा आकार लिन वा तल्लो तहसम्म एकता हुन बाँकी छ । तर मदन–आश्रित स्मृति दिवसलाई नेकपाले पार्टी एकता दिवसका रुपमा पनि मनाउँदै छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology