धापाखेलस्थित आरके कार्पेट एण्ड ह्याण्डिक्राफ्ट प्रालिमा आगलागी

  • साझा डबली
  • बुधबार, जेष्ठ १, २०७६
  • ललितपुर, जेष्ठ १। ललितपुर महानगरपालिका धापाखेलस्थित आरके कार्पेट एण्ड ह्याण्डिक्राफ्ट प्रालिमा भएको आगलागी झण्डै दुई घण्टामा नियन्त्रणमा आएको छ ।

    साँझ ७ बजेर ५० मिनेटबाट शुरु भएको आगलागी राति १० बजे नियन्त्रणमा आएको हो ।

    आगलागी भएको केही समयमा नै पाँच दमकल पुगेकाले थप क्षति हुन नपाएको महानगरीय प्रहरी परीसर ललितपुरले जनाएको छ।

    आगलागीबाट दुई करोडभन्दा बढीको क्षति भएको प्ररम्भिक अनुमान गरिएको परिसरले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology