आगलागी अपडेट : २० लाख बराबरको क्षति

  • साझा डबली
  • बुधबार, जेष्ठ १, २०७६
  • पाँचथर, जेष्ठ १। पाँचथरको नाँगिन स्थित झुमनाथ चापागाईको घरमा आगलागी हुँदा २० लाख रुपैँया मुल्य बराबरको क्षति भएको छ ।

    आगलागिबाट चापागाईको टिनले छाएको तीनतले घर पूर्ण रुपमा जलेको छ भने घरभित्र रहेका अन्नपात, सुनचाँदि, लताकपडा लगायतका सामानहरु जलेर नष्ट हुँदा २० लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक अनिलकुमार पौडेलले वताउनुभयो ।

    विद्युत सर्ट भई मंगलबार मध्यान्ह १२ वजे लागेको आगो साँझ मात्र प्रहरी चौकि नांगिनको टोलि र स्थानियवासिले नियन्त्रणमा लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology