विद्युत सर्ट भई आगलागि : घर जलेर नष्ट

  • साझा डबली
  • मङ्लबार, बैशाख ३१, २०७६
  • पाँचथर, बैशाख ३१ । पाँचथरको नांगीनमा मंगलबार दिउँसो आगलागि हुँदा एक घर जलेर नष्ट भएको छ ।

    आगलागिबाट झुमनाथ चापागाईंको तीन तले टिनको छानो भएको घर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    दिउँसो १२ः२० बजे विद्युत सर्ट भई आगलागि भएको बताइएको छ । नांगीन प्रहरी चौकीबाट खटिएका टोलि र स्थानीयबासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।

    पीडित परिवारका अनुसार आगलागिमा घरभित्र रहेका सुनचाँदी, नगद, लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा लगायत जलेर नष्ट भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology