इतिहासमै पहिलोपटक फेवातालमा डरलाग्दो छाल, ५० भन्दा बढी डुंगा पल्टिए !

  • साझा डबली
  • आइतवार, बैशाख २९, २०७६
  • पोखरा,  बैशाख २९ ।  फेवातालमा डरलाग्दो छाल आएको छ । आइतबार समुद्री किनारको झल्को दिने गरी छाल आएको प्रहरीले जानकारी दिएको छ । आईतबार दिउँसो चर्को हुरी बतासले ल्याएको छालमा परी ५० भन्दा बढी यात्रुरहित डुंगा डुबेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। फेवाताल किनारमा पार्किङ गरी राखिएका डुँगा डुबेका हुन्।

    चर्को हावाहुरीले ल्याएको छालले ताल किनारमा पार्किङ गरी राखिएका ५० भन्दा बढी डुंगा डुबाएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाको अनुसार छालबाट मानवीय क्षति भने भएको छैन । फेवातालको बीचमा रहेको ताबाराही मन्दिर दर्शन गर्न पुगेका पर्यटक चर्को हावाहुरी आएपछि एक घण्टासम्म मन्दिरमै रोकिएका थिए। प्रहरी प्रमुख एसपी रानाले भने, ‘तालबाराही मन्दिर दर्शन गर्न पुगेका पर्यटक हावाहुरीले एक घण्टासम्म मन्दिरमै रोकिए ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology