गोरखा, बैशाख २८ । गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानामगरले गाउँ कार्यपालिकाको निर्णय विपरित केन्द्र निर्माण प्रक्रिया आगाडि बढाउनु गल्ती भएको स्वीकार गरेका छन् । आफू निकटस्थहरुको छलफलमा रानामगरले यस्तो गल्ती स्वीकार गरेका हुन् ।
अध्यक्ष रानामगरले केही दिन अघि गाउँपालिकाको केन्द्र निर्माण गर्ने भन्दै भुम्लिचोक- ६ मा डोजर चलाएका थिए । अध्यक्ष रानामगरले आफ्नो घर नजिकै केन्द्र राख्ने प्रयास गरेको भन्दै उनको कडा आलोचान भएको थियो ।
रानामगरले अहिले आफू पार्टीकै साथीहरूको गलत दवाब र नियतको सिकार भएको बताउने गरेको उनी निकट श्रोतले जानकारी दिएको छ । ‘कार्यपालिकाले निर्णय गर्नुपर्थो तर रेशमजीले आइडाडा र वनटार कुनै हालतमा हुदैन भन्नुभयो जसले गर्दा म दवाबमा परेर विवादमा फसे’, उनको भनाई उदृत गर्दै श्रोतले भन्यो ।
रेशम गुरुङ नेपाली कांग्रेसका स्थानीय नेता हुन् । गाउँपालिकाको केन्द्र सार्ने बिषयमा ०७४ कात्तिक ३० गतेको गाउँपालिकाको बैठकको बहुमत सदस्यले निर्णय गरेको थियो । स्रोतका अनुसार यस विषयमा वडाका वडाअध्यक्षलाई समेत जानकारी नदिई अध्यक्ष रानामगरले डोजर लगाएका थिए ।
गाउँपालिकाको हरेक काममा गुरुङले आफुलाई अनावस्यक दवाब दिने गरेको रानामगरले आफू निकटसंग दुखेसो पोख्ने गरेका छन् ।







पूर्वमन्त्री खड्काले कब्जा गरेको स्काउटको जग्गामा महानगरले चलायो डोजर
नेकपा सुदुरपश्चिमद्वारा `सी व्यापार केन्द्र´लाई धान हस्तान्तरण
असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ