आज साँझ दिल्ली र हैदरावादबीच प्रतिस्पर्धा हुँदै सन्दीपको संभावना कति ?

  • साझा डबली
  • बुधबार, बैशाख २५, २०७६
  • एजेन्सी, बैशाख २५– इन्डियन प्रिमियर लिग (आइपिएल) एलिमिनेटेर खेलमा आज साँझ दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे हैदरावादको वैकल्पिक घरेलु मैदान विशाखापट्नममा सुरु हुने छ ।

    आजको विजेता टोलीले चेन्नई सुपरकिंग्ससँग फाईनल प्रवेशको लागि शुक्रबार दोस्रो क्वालिफायर खेल्ने छ । पहिलो क्वालिफायरमा चेन्नईलाई ६ विकेटले पराजित गर्दै मुम्बई इन्डियन्स फाईनलमा पुगिसकेको छ । आइपिएलको फाइनल आइतबार हुनेछ ।

    लिग चरणको खेलमा दिल्ली घरेलु मैदानमा हैदरावादसँग ५ विकेटले पराजित भएको थियो । हैदरवाद पनि घरेलु मैदानमा दिल्लीसँग ३९ रनले पराजित भएको थियो । विशाखापट्नममा सन् २०१६ पछि आइपिएलको खेल हुन लागेको यो पहिलो पटक हो ।

    २०१६ अघि विशाखापट्नममा दिल्लीले ३ खेल खेलको छ । जसमा २ मा हार र १ मा जित निकालेको थियो । सो मैदानमा हैदरावादले ५ खेलमध्ये ३ मा जित र २ मा हार बेहोरेको थियो ।

    सन्दीपको संभावना कति छ ?

    तुलानात्मक रुपमा तीब्र गतिका बलरलाई साथ दिनसक्ने अनुमान गर्न सकिन्छ । संभवत आजको खेलमा दिल्लीले एक मात्र प्रमुख स्पिनर मैदान उतार्ने छ ।

    लिग चरणको अन्तिम राजस्थान रोयल्ससँगकोे खेलमा ४ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिएका अमित मिश्रानै आज दिल्लीको पहिलो रोजाईमा पर्ने उच्च संभावना देखिन्छ । मिश्रा उक्त खेलमा म्यान अफ द म्याच समेत चुनिएका थिए । उक्त खेलमा किमो पल र शेरफेन रदरफोर्डको प्रर्दशन पनि उत्कृष्ट रह्यो ।

    यी दुबैले तल्लो क्रममा राम्रो ब्याटिङ पनि गर्ने हुँदा सन्दीपको संभावना झनै कम छ। तीब्र गतिका बलर उपयोगि हुने हुँदा क्रिस मोरिसको पनि संभावना देखिन्छ । रवडा चोटका कारण स्वदेश फर्किएपछि टे«न्ट बोल्टको स्थान निश्चित जस्तै छ । त्यस्तै मिडिल अडर बलियो बनाउन दिल्ली कोलन इनग्रामलाई निरन्तरता दिने छ ।

    दिल्लीले सन्दीपलाई फिरोज शाह कोटला बाहेक अन्य मैदानमा त्यति धेरै विश्वास पनि गर्न सकेको छैन । ६ खेल मध्य ४ खेल सन्दीपले कोटलामा खेलेका छन् । जारी आईपीएलमा सन्दीपले ८ विकेट लिन सफल भएका छन् ।

    यी दुबैले तल्लो क्रममा राम्रो ब्याटिङ पनि गर्ने हुँदा सन्दीपको संभावना झनै कम छ। तीब्र गतिका बलर उपयोगि हुने हुँदा क्रिस मोरिसको पनि संभावना देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology