वैशाख २९ गते सार्वजनिक विदा, हेर्नुहोस बिज्ञप्ती !

  • साझा डबली
  • मङ्लबार, बैशाख २४, २०७६
  • ललितपुर, बैशाख २४ । ललितपुरको महालक्ष्मी नगरपालिकाले वैशाख २९ गते सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाको वैशाख २३ गते बसेको कार्यपालिकाको बैठकले विदा दिने निर्णय गरेको हो ।

    नगरपालिकाले आज एक सूचिना प्रकाशित गरि महालक्ष्मी मन्दिरको नामाकरणबाट नगरपालिकाको नामाकरण गरिएको र जात्रासँग स्थानीय जनताको भावना जोडिएको र सांस्कृतिक पर्व भएकोले भव्यताका साथ मनाउने परम्परा रहि आएकोले नगरपालिकाका क्षेत्रभित्रका सम्पूर्ण कार्यालय, विद्यालय, संघ, संस्था आदिमा हरेक वर्षमा १ पटक अक्षय तृतीया पश्चातको अष्टमीमा (सरकारी पुजा गरिने दिन) सार्वजनि विदा दिने निर्णय गरेकोले २०७६ सालको हकमा यहि बैशाख २९ गते (आइतबार) अष्टमीका दिन सार्वजनिक विदा हुने सूचनामा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology