यादव र भट्टराई मिलेर बनाएका समाजवादी पार्टी नेपालका पदाधिकारीहरु, को-को परे ? हेर्नुहोस (नामावली सहित)

  • साझा डबली
  • सोमवार, बैशाख २३, २०७६
  • काठमाडाैं,३ वैशाख । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएर बनेको समाजवादी पार्टी नेपालमा २५ जना पदाधिकारी घोषणा भएको छ । एकता पछि संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव भएका छन् ।

    पार्टीको वरिष्ठ नेता अशोककुमार राईलाई घोषणा गरिएको छ भने सहअध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ । उपाध्यक्षहरूमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई रहेका छन् । महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव छन् ।

    त्यस्तै उपमहासचिवमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् । कोषाध्यक्षको जिम्मेवारी विजयकुमार यादव रहेका छन । दुइ पदाधिकारी घोषणा हुन बाकि छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology