पूर्वसभासद गायत्री साहसहित श्रीमान पक्राउ

  • साझा डबली
  • आइतवार, बैशाख २२, २०७६
  • काठमाडौं,वैशाख २२ । प्रहरीले पूर्वसभासद गायत्री साह सहित उनको श्रीमानलाई पक्राउ गरेको छ । ललितपुर प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

    साहले २८ फागुनमा मेडिसिटी अस्पतालमा छोरालाई जन्माएकी थिइन् । तर, बच्चामा डाउन सिन्ड्रोम देखियो । अस्पतालको लापरवाहीका कारण डाउन सिन्ड्रोम भएको बच्चाको जन्म भएको साह र उनको परिवारको आरोप छ ।

    साह र उनका श्रीमान राजेश महतोले अस्पतालमै धर्ना समेत दिएका थिए । अस्पतालमा बच्चालाई दुध खुवाई रहेको बेला प्रहरीले पूर्वसभासद् साह र उनका श्रीमानलाई पक्राउ गरेर लगेको गायत्री साहका दाजु सुवास चन्द्र साहले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology