ओरालो लागेको सुनको भाउ फेरि बढ्यो

  • साझा डबली
  • आइतवार, बैशाख २२, २०७६
  • काठमाडौं, वैशाख २२ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

    शुक्रबार छापावाला सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

    त्यस्तै, शुक्रबार तेजावी सुन ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    साथै, आइतबार बजारमा चाँदीको मूल्य दश रुपैयाँले बढेको छ ।

    शुक्रबार चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी ७२० रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology