दानव छोरा : चिर्पटले हानेर आफ्नै बुवाको हत्या

  • साझा डबली
  • शनिबार, बैशाख २१, २०७६
  • नवलपरासी,  बैशाख २१ ।  पश्चिम नवलपरासीमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् ।

    जिल्लाको सरावल गाउँपालिका–२ दंगिया बस्ने २२ वर्षीय छोरा जव्वर मुसलमानले ४५ वर्षीय बुवा अलाहुदिन मुसलमानलाई हत्या गरेका हुन् ।

    घरायसी बिवाद भएपछि शुक्रबार राती छोरा जव्वरले चिर्पटले टाउकोमा प्रहार गर्दा घाइते भई आफ्नै ओछ्यानमा सुतेका उनी शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

    जब्बरलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology