सीमा नाकामा कडाइ : आज बेलुका बाट भारत-नेपाल सिमा नाका बन्द !

  • साझा डबली
  • शनिबार, बैशाख २१, २०७६
  • काठमाडौँ,  बैशाख २१ ।  भारतमा हुने लोकसभा निर्वाचनका कारण नेपाल–भारत सीमा नाका आज बेलुकी ६ बजेदेखि ४८ घण्टा बन्द हुने भएको छ ।

    भारतको उत्तर प्रदेश राज्यमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर जमुनाहा नाका शनिबार बेलुकी ६ बजेदेखि २३ गते बेलुकी ६ बजेसम्मका लागि बन्द हुने भएको हो ।

    जिल्ला प्रशासन कार्यालय बांकेका अनुसार दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार सीमा नाका बन्द गर्न लागिएको हो ।

    सीमा नाका बन्द हुँदा अत्यावश्यक र बिरामी बोकेका एम्बुलेन्स दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आवतजावत गर्ने बाहेक अन्य आवतजावत ठप्प हुने बताइएको छ ।

    लोकसभा निर्वाचन नजिकिँदै जाँदा भारतीय सुरक्षाकर्मीले सीमा नाका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology