काठमाडौँको बौद्धमा बस पल्टियो, १७ यात्रु घाइते

  • साझा डबली
  • शुक्रबार, बैशाख २०, २०७६
  • काठमाडौं, बैशाख २०। काठमाडौंमा शुक्रबार बिहान बस दुर्घटना भएको छ । चावहिल-जोरपाटी-बौद्ध सडकखण्ड अन्तरगत बौद्ध टुसालमा बस दुर्घटना भएको हो।

    आलाकोटबाट रत्नपार्क आउँदै गरेको साँखु गणेश भैरव यातायातको बा ४ ख ५९३२ नं को बस बिहान साढे ९ बजेतिर दुर्घटना भएको बौद्ध प्रहरीले जनाएको छ।

    दुर्घटनामा परी १७ भन्दा बढी यात्रु घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार बस अनियन्त्रित भएर पीच सडकमै पल्टिएको हो ।

    बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology