जन्तीमा केटी जिस्क्याएको निहुँमा कुटाकुट हुँदा एकको मृत्यु

  • साझा डबली
  • बिहिबार, बैशाख १९, २०७६
  • गोरखा,वैशाख १९।केटी जिस्काएको विषयमा विवादपछि कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिका–४ कुमाल गाउँमा केटी जिस्काएको निहुँमा कुटाकुट हुँदा ३४ वर्षीय विष्णुबहादुर कुमालको मृत्यु भएको हो ।

    गत बुधबार लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट आएका जन्तीमध्येका विष्णुबहादुर कुमालले केटी जिस्काएको भन्दै विवाद उत्पन्न भएको थियो । केटी जिस्काएको जन्ती पक्ष र माइती पक्षबीच विवाद भएपछि कुटाकुट भएको थियो । बेहुली लिएर र्फकँदा १७–१८ जना युवाहरूको समूहले जन्तीपक्षको गाडी रोकेर कुटपिट गरेको प्रहरीले जनाएको छ ।

    सोही कुटपिटमा परी जन्ती पक्षका विष्णुबहादुर घाइते भएका थिए । गम्भीर घाइते भएकमा उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology