BREAKING : बिरगंजको लक्ष्मी पेण्टको गोदाममा लागेकाे आगाे नियन्त्रण बाहिर

  • साझा डबली
  • मङ्लबार, बैशाख १७, २०७६
  • बिरगंज, बैशाख १७। बिरगंजको ओम आश्रममा रहेको लक्ष्मी पेण्टको गोदाममा लागेकाे आगाे दुई घण्टासम्म पनि निभाउन सकिएकाे छैन् ।

    वीरगन्ज महानगरपालिका वडा नं. ११ ओम आश्रममा रहेको लक्ष्मी पेण्टको गोदाममा भीषण आगलागी भएको छ। ओम आश्रममा रहेको विजय साहको पेन्टको गोदामा साँझ  ६ बजेतिर आगो लागेको हो। आगो लागेको क्षेत्रमा घना मानव बस्तीका साथै नेपाल फर्मासिटयुकल्स लिमिटेडको औषधि कारखाना पनि रहेको छ।

    वीरगञ्ज महानगरपालिका,जितपुर सिमरा कलैंयालगायतको ठाउँबाट आएको बारुण यन्त्रको प्रयाेग गरी नेपाल प्रहरी, सशत्र प्रहरी तथा नेपाली सेनाको टोलीले आगो निभाउने प्रयास गरिरहेको छ । आगो लागेको घण्टै भई सक्दा पनि आगो निभाउन सकिएकाे छैन् ।

    पेण्टका ड्रमहरु ब्लास्ट भएर आगोहरु आकाश गोदाम बाहिरसम्म आईरहेको कारण त्यस क्षेत्रका बासिन्दाहरु भयवित भएका छन् । अहिले ओम आश्रम क्षेत्रको आकाश कालो धुवाले घेरिएको छ भने प्रदुषणका कारण हावामा साँस लिन पनि समस्या भईरहेको स्थानीयहरुले बताएको छ ।

    ओमआश्रमका गल्लीहरु अँध्याराे भएका छन् । आगोलाई निभाउन स्थानीय प्रशासनलाई हम्मेहमे भएको छ ।
    आगलगी हेर्न हजारौको संख्यामा मान्छेहरुको भिड जम्मा भएको कारण आगो निभाउन समस्या भईरहेको प्रहरीले जनाएको छ ।

    गोदाममा रहेको पेण्टका डब्बाहरु आगो आगेको कारण आगो निभाउन समस्या भईरहेको हाे । आगोका मुस्लाहरु घरको बाहिर र आकाशसम्म देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology