मुख्यमन्त्री पोखरेललाई लक्षित गरि पुनः बम बिस्फोट

  • साझा डबली
  • मङ्लबार, बैशाख १७, २०७६
  • रोल्पा, बैशाख १७ । रोल्पामा मंगलबार पुनः बम बिस्फोट भएको छ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल हिँडेको सडक नजिकै बिहान ११ बजेतिर बम बिस्फोट भएको प्रहरीले बताएको छ ।

    मुख्यमन्त्री पोखरेल हिँडेको गैरीगाउँस्थित राँकडाँडामा बमबिस्फोट भएको हो । सदरमुकाम लिवाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने आमसभामा सहभागि हुन जाँदै गर्दा सडक नजिकै जंगलमा बम बिस्फोट भएको रोल्पा प्रहरीले बताएको छ ।

    रोल्पामा सोमबार भएको बिस्फोटको जिम्मा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology