जीप दुर्घटना हुँदा तीनको मृत्यु

  • साझा डबली
  • मङ्लबार, बैशाख १७, २०७६
  • काठमाडाैं, बैशाख १७। ललितपुरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । लातिपुरको बाग्मती गाँउपालिकाको तीनपाने भन्ने स्थानमा बा ५ च ५६९६ नम्बरको जीप गएराति दुर्घटना भएको थियो ।

    दुर्घटनामा महोत्तरीका १९ बर्षीय विशाल थापा मगुर, ललितपुर तीनपानेकी १६ बर्षीया सुनिता लोप्चन, र ललितपुरकै सरिता मोक्तान रहेका छन् ।

    तीनपाने बाट भट्टेडाँडाका लागि छुटेको सो जीप बेलुका ९ बजेको समयमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनापछि चालकलाइ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology