भरतपुरमा गैँडाको आक्रमणले एकजनाको मृत्यु

  • साझा डबली
  • मङ्लबार, बैशाख १७, २०७६
  • चितवन, बैशाख १७। गैँडाले आक्रमण गर्दा भरतपुरमा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका २८ भंगाहाका ४६ वर्षीय खगेन्द्रकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    स्थानीय खोलामा माछा मारेर फर्किने क्रममा महतोलाई गएराति ९ बजे गैँडाले आक्रमण गरेको थियो। गम्भीर घाइते उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मंगलबार बिहान  ३ : ३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

    महतोको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology