नेकपाले टुंगो लगायो ७७ जिल्ला कमिटी अध्यक्ष र सचिव

  • साझा डबली
  • आइतवार, बैशाख ८, २०७६
  • काठमाडौं, बैशाख ८। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको  टुंगो लगाएको छ ।

    आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    आइतबार बिहान नेकपाका शीर्ष चार नेताले गरेको गृहकार्यपछि साँझ सचिवालय बैठक बसेको थियो । ७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम सोमबार प्रज्ञा भवनका कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी नेकपाले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology