काठमाडौं, बैशाख ३। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफुलाई बुद्ध एयरले भैरहवामा एक दिन अलपत्र पारेको भन्दै आक्रोश समेत ब्यक्त गरे ।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा प्युठानको गौमुखी गाउँपालिकामा आयोजित मिडिया सम्मेलन उद्घाटन गरेर सोमबार साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुग्दै थिए। प्युठानबाट भैरहवा आउने क्रममा बाटोबाट पटकपटक आफू काठमाडौं जाने जहाज बुद्ध एयरसँग सम्पर्कमा थिए उनी। तर, सञ्चारमन्त्री बास्कोटा काठमाडौँ फर्किन पाएनन्।बुद्ध एयरको जहाज डिले भएपछि काठमाडौं जान नपाएका मन्त्री बास्कोटा रुपन्देहीमै बस्नुपर्यो। बुद्ध एयरले ‘धोका दिएपछि’ आफू काठमाडौं जान नपाएर रुपन्देहीमै बास बस्नुपरेको उनको भनाइ छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले नेकपा महासचिव बिष्णु पौडेल लगायत बालुवाटारको जग्गा किन्ने सबैलाई क्षतिपूर्ति दिनुपर्ने दोहोर्याएका छन् । प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जग्गा कारोबारीले सरकारी जग्गा किन्ने सबैलाई क्षतिपूर्ति दिनुपर्ने बताएका हुन् ।सरकारले जग्गा फिर्ता अभियान सुरु गरिरहेको भन्दै मन्त्री बाँस्कोटाले जग्गा किन्ने भन्दा फसाउने कारोवारी दोषि रहेको उल्लेख गरे । देशले नवनिर्माणको बाटो पक्रिसकेको र समृद्धि सिंगो देशको बहसको विषय बनेको दाबी गर्दै मन्त्री बास्कोटाले आलोचनाका बीच पनि सरकारले नव निर्माणको लडाइँ जितेको जकिर गरे ।
सरकारले रेल र पानीजहाज ल्याउने कुरा गर्दा शुरुमा विश्वास नगरेर शंका गर्नेहरुले अहिले ती कुरा वास्तकितामा परिणत हुन थालेपछि किन आवश्यक पर्यो भनेर प्रश्न गर्न थालेको उनले उल्लेख गरे ।‘पहिला रेल र पानीजहाजको कुरा गर्दा नपत्याउनेहरुले अहिले रेल आएपछि नेपाललाई के कति फाइदा हुन्छ भनेर बहस गर्न प्रश्न गर्न थालेका छन्,’ प्रवक्ता बास्कोटाले भने, ‘अब रेल र पानीजहाज आउने भएपछि ल्याउन हुन्न कि भनेर गरिने बहस घातक छ ।’चीनको ग्रेटवाल पनि एकै दिनमा नबनेको उल्लेख गर्दै उनले सरकारसंग विकास र समृद्धिको स्पष्ट भिजन र समर्पण भएकाले धैर्य गर्न आग्रह गरे ।
अहिले पनि देश निर्माण कि आलोचना भन्नेमा द्वन्द्व रहेको उल्लेख गर्दै कम्युनिस्टको सरकारप्रति धेरैमा मनोवैज्ञानिक र रेडिमेड आशंका उब्जाउन खोजिएको मन्त्री बास्कोटाले बताए ।सरकारले स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न नभई सुरक्षित,व्यवसायिक,देशभक्त बनाउन चाहेको पनि उनले उक्त अवसरमा स्पष्ट पारे । अन्तर्राष्ट्रिय मामिलामा समेत नेपालको प्रेस विभाजित हुनु दुर्भाग्य भएको भन्दै उनले विश्वमा कतै पनि यस्तो नहुने दाबी गरे । लगानी सम्मेलनका विषयमा पनि नेपालको प्रेस विभाजित भएको उल्लेख गर्दै उनले अन्तरिक मामिलामा जति विभाजित भए पनि अन्तर्राष्ट्रिय मामिलामा एकजुट बन्न आग्रह गरे ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते