विमान दुर्घटना अपडेट : मृतक चार मध्ये दुईको पहिचान खुल्यो

  • साझा डबली
  • आइतवार, बैशाख १, २०७६
  • काठमाडौं,बैशाख १ । लुक्लामा समिट एयरको विमान हेलिकोप्टरसँग ठोक्किएर भएको दुर्घटनामा पाइलटसहित ४ जनाको मृत्यु भएको छ । मृतकमध्ये दुईजनाको सनाखत भएको छ ।

    लुक्लाबाट काठमाडौतर्फ उड्न लागेको नाइन एन–ए एम एच कलसाइन विमान पार्किङमा रहेको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको हो । दुर्घटनाका मृतकमध्ये समीट एयरका को पाइलट सुदीप ढुंगाना र प्रहरी असई रामबहादुर खड्काको पहिचान भएको त्रिभुवन विनमास्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए ।

    दुर्घटनामा समिट एयरका पाइलट अबर बी रोकाय र हेलिकोप्टर चालक मनाङ एयरकाे पाइट चेत गुरुङ घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology