काठमाडौं,चैत १५। संघीय सरकारले प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई)का बाँकी परीक्षा स्थगित गरेको छ । बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश २ मा २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।
बिहीबार रद्द भएर २२ गतेका लागि तय भएको विज्ञान विषयको परीक्षा भने हुनेछ । मन्त्री गिरिराजमणि पोखरेलले भने, ‘२२ गतेदेखि जोडेर बाँकी परीक्षा गर्ने प्रयासमा छौं । व्यवस्थापकीय पक्षमा छलफल गरेर परीक्षा तालिका प्रकाशित गर्छौं ।’ मन्त्री पोखरेलका अनुसार यसअघि सञ्चालन भइसकेको परीक्षा भने रद्द हुने छैन ।
प्रदेश २ मा एसईई परीक्षा दिने ७० हजार ५६८ परीक्षार्थी छन् भने २६२ परीक्षा केन्द्र तोकिएको थियो । मन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्नुलाई आपराधिक घटना भएको र संलग्नलाई कारबाही गरिछाड्ने बताए । अन्यत्र भने परीक्षा जारी रहनेछ ।







असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने