गहतको झोलमा जात फाल्यो प्रहरी, पत्रकारका आँखा अगाडीनै घुस,प्रहरी सिपाही निलम्बनमा

  • साझा डबली
  • काठमाडौं,चैत्र १३ । व्यापारीसँग घुस लिएको आरोपमा प्रहरी सिपाही सी.बि. खत्री निलम्बनमा परेका छन् । अबैध रुपमा राजधानी भित्रिएको समान थानकोट चेक पोस्टमा जांच नगरी उल्टै सामान लिएर व्यापारीलाई छोड्ने प्रहरी सिपाही खत्रीलाई निलम्बन गरिएको प्रहरी प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।

    के हो घटनाक्रम  ?
    मंगलबार  बेलुकी नेपालगंजबाट काठमाडौं आउंदै गरेको नागरिक यातायात प्रा.लि.को ना ५ ख ८९४८ नम्बरको बसको पछिल्लो भाग तथा डिकीमा राखेर ३ सय भन्दा बढी संख्यामा प्लास्टिकका बाटा ल्याइएका थिए । ति बाटाहरु बुुधबार  बिहान ७:४५ बजे चेकपोस्टमा चेकजाँच गर्ने क्रममा प्रहरी पोसाकमा नै रहेका सिपाहीले रु ४० को बाटा ल्याएर बेच्ने भन्दै बिल नहेरिकन एउटा बाटा लगेर स्थानीय एक होटलमा राखेका थिए।

    नेपालगञ्जको तालिम सकाएर ११ जना पर्यटन पत्रकारको टिम सहित अन्य यात्रु उक्त गाडीमा फर्किएका थिए । टोली सहितको यात्रुहरुले गाडी भित्रै रहेको अवस्थामा एक प्रहरीले किन बाटा लिएर गए भन्ने प्रश्न उठेको थियो । तस् पश्चात बसका सहचालकले रु २ सय ४० मा किनेर लागेका हुन् भन्दै ति व्यापारीको समर्थन गरे । तर समान चेक गर्न गाडीमा छिरेका सिपाहीले समान नै लगेर राखेपछि गाडी भित्रका यात्रुहरु विच शंका उत्पन्न भएको थियो। तत्काल चालकले गाडी अगाडी बढाए पछि ति समान ल्याउने मधेसी मुलका एक व्यापारीले निशुल्क लगेको भनेपछि सिपाहीले समान लगेर अन्य सामानको चेक नगरेको पुष्टि भयो । सो पश्च्यात तत्काल प्रहरी इकाईलाई खबर गरि सिपाहीले समान नै घुस लिएको उजुरी परेको थियो ।

    पत्रकार टिमले उजुरी गरेपछि व्यापारीसंग समान नै घुस लिने सिपाहीलाई समान सहित नियन्त्रणमा लिएर महानगरीय प्रहरी परिसर टेकु पुर्याइएको थियो । हाल सिपाहीलाई आवश्यक कारवाहीको लागि अनुसन्धान भइरहेको एसएसपी लामाले जानकारी दिए । सिपाही घुस लिएर निलम्बनमा परेपनि सो घटनामा बसका चालक र सह चालको पनि मिलेमतो रहेको गाडीमा रहेका यात्रुले बताएका छन् साथै गाडी चालक र सह चालक माथि आवश्यक छानविन गरि कारवाही गर्नका लागि यात्रुले माग गरेका थिए । ति व्यापारीले भन्सार छलेर देशका बिभिन्न ठाउँमा लगेर समान बेच्ने गरेको संजय ट्रेडस् एण्ड सप्लायर्सका संचालकले जानकारी दिएका छन् ।

     

    सोही रुट चल्ने गाडीकै स्टाफको मिलेमतोमा जर्वजस्ती खुवाईन्छ गुणस्तरहिन खाना,हाम्रो अपरेशन जारी छ । प्रतिक्षा गर्नुहोला !

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology