विप्लव नेतृत्वमाथि प्रतिबन्ध लगाएर विदेश उडे गृहमन्त्री

  • साझा डबली
  • काठमाडौं,फागुन २८ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने मंगलबारको मन्त्रीपरिषद् निर्णय लगत्तै गृहमन्त्री रामबहादुर थापा विदेश भ्रमणमा निस्केका छन् ।

    गृहमन्त्री मंगलवार राती ९ बजे नै लागूऔषध सम्बन्धी कार्यक्रममा सहभागी हुन अष्ट्रलियाका उडेका छन् । स्रोतका अनुसार बैठकमा विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउने प्रस्ताव गृहमन्त्रालयबाट नै आएको थियो । प्रस्ताव टेवुल गरेलगत्तै गृहमन्त्री थापा बैठकबाट बाहिर निस्केका थिए ।

    त्यसपछि बैठकमै प्रधानमन्त्रीले विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय भएको जानकारी दिएका थिए । सरकारले पृथकतावादी सीके राउत समूहसँग ११ बुँदे सहमति गरेको पाचौँ दिन विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology