मन्त्रीमण्डल हेरफेरको तयारी, को-को बन्दैछन् नयाँ मन्त्री ?

  • साझा डबली
  • मङ्लबार, फाल्गुन २८, २०७५
  • काठमाडौं, फागुन २८ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ ।

    प्रधानमन्त्रीसँग अध्यक्ष प्रचण्डले मंगलबार बिहान छलफल गरेको बताए । बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘प्रधानमन्त्रीजीको भनाइ छ, म हेरिरहेको छु, दुई अध्यक्षको बीचमा सामान्य सल्लाह गरेर गर्नैप¥यो भने केही हेरफेर हुनसक्छ । तर, अहिले हतारो छैन् ।’

    प्रचण्डले भने, ‘मन्त्रीहरुको काम र क्रियाकलापको विषयमा तपाईं ९प्रधानमन्त्री० ले मूल्यांकन गर्नुभएको होला । तपाईंको अधिकार क्षेत्रभित्रको कुरा भएकोले आवश्यक मूल्यांकनका आधारमा छलफल गरेर हेरफेर गर्न सकिन्छ भनेर मैले प्रधानमन्त्रीज्यूलाई भनेको छु ।’

    संघले प्रदेशलाई अधिकार नदिएकोे आरोप छ नी भन्ने प्रश्न अध्यक्ष प्रचण्डले भने, ‘संविधानको मर्म र भावना अनुसार काम गर्ने हो । संघले अधिकार दिने र खोस्ने कुरा नै होइन । संविधान अनुसार नै कामहरु हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

    सिके राउतको प्रसंगमा बोल्दै प्रचण्डले पहिले लिएका नीतिहरु छोड्ने सर्तमा नै राउतँग ११ बुँदे सहमति भएको बताए । उनले भने, ‘सरकार र पार्टीको ध्यान भनेको पृथकतावादी आन्दोलनमा लागेका साथीहरुलाई मुलधारको राजनीतिमा ल्याउने र संविधानको मातहतमा ल्याउने काम हो ।

    त्यही प्रक्रिया अर्न्तगत रहेर स्वतन्त्र मधेस आन्दोलनका अगुवा राउतसँग सहमति भएको हो । उहाँलाई आफ्ना कार्यकर्तालाई सम्झाउन समय लागेको होला । यस विषयमा हतार गर्न जरुरी छैन। सरकारले राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र स्वाधिनताका विषयमा कसैसँग सहमति गर्दैन ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology