१५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला आजबाट सकियो

  • साझा डबली
  • काठमाडौं, फाल्गुन २७। राजधानीमा ५ दिन सम्म चलेको नेपाल १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५  आज सकिएको छ। मेलामा करिब  १५ करोड रुपियाँ बराबरको कारोबार भएको छ भने ४ लाख बढी अवलोकनकर्ताले अवलोकन गरेका छन।

    राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राजधानीमा एक समारोहका बीच मेलाको उद्घाटन गरेकी हुन। मेलाको समापन विशेष कार्यक्रम बिच आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पन्डितले गरेका छ्न।

    नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं, मेहनत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको भन्ने नाराका साथ फाल्गुन २३ देखि  २७ सम्म मेला आयोजना भएको हो ।

    पाँच दिनसम्म चलेको मेलामा २०५ वटा स्टल , उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी , चीन, भारत र वंगलादेश गरी ४५ वटा अन्तर्राष्ट्रिय स्टल रहेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology