आज (आइतबार) पनि ह्वात्तै घट्यो सुनको मूल्य

  • साझा डबली
  • आइतवार, फाल्गुन १९, २०७५
  • काठमाडौँ, फागुन १९ । साताको पहिलो दिन आइतबार सुनको मुल्य ह्वात्तै घटेको छ । गत हप्ताको शुक्रबार तोलामा ४ सय रुपैयाले घटेर ६२ हजार प्रति तोलामा कारोबार भएको सुन आइतबार फेरी तोलामा ५ सय रुपैयाले घटेर ६१ हजार ५ सय प्रतितोलामा कारोबार हुने नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

    यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ६१ हजार २ सय रुपैया रहेको छ । त्यस्तै यस दिन चांदीको मुल्यमा पनि गिरावट आएको छ ।

    गत शुक्रबार चांदी प्रति तोला ७ सय ७० रुपैयामा कारोबार भएकोमा यस दिन भने तोलामा १० रुपैयाले घटेर प्रति तोला ७ सय ६० रुपैयामा कारोबार हुने नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology