नाटक “आरन” का केही बाछिटाहरु प्रस्तुत

  • साझा डबली
  • दिपेश बराल/काठमाडौं,फाल्गुन १८ । नेपाल अन्तर्राष्ट्रिय नाटय महाेत्सव २०७५ सुरु भएको छ। कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपि अाेलिले गरेका हुन। महोत्सव लगातार ८ दिनसम्म चल्ने छ र महाेत्सवमा ९ देशका २९ नाटकहरू प्रदर्शन तथा प्रतिस्पर्धामा रहने छन । महोत्सवमा सोलुखुम्बुको सगरमाथा नाट्य समुहले पनि सहभागिता जनाएको छ।

    Nepal International Theatre Festival मा सगरमाथा नाट्य समुहले नाटक “आरन” का केही बाछिटाहरु प्रस्तुत गरेको छ।नाटकको निर्देशन युवराज घिमिरेले गरेका हुन भने सह- निर्देशन युवराज शर्मा र झकेन्द्र बि. सि.ले गरेका हुन।

    नाटक हेरेपछी दर्शकको प्रतिक्रिया राम्रो पाएको बाबुराम भट्टराईले बताए। सगरमाथा नाट्य समुहको नाटक “आरन” का केही बाछिटाहरु प्रदेश १ बाट उत्कृष्ट छनौट भएर  नेपाल अन्तर्राष्ट्रिय नाटय महाेत्सवको प्रदर्शनिमा परेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology