काठमाडौं,फागुन ४ । मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिएफ ६९२१ नम्बरको इको स्पोर्टस गाडी नेपाल भित्रियो । भन्सार र प्रहरी कर्मचारी दुवैले सो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन् ।
त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी दिए । उजुरीमा ती व्यापारीले लक्ष्मण तिरुवाले गाडी चलाएर नेपाल गरेको र उनी आफ्नो कर्मचारी भएको समेत उल्लेख छ ।
त्यसपछि प्रहरीले लक्ष्मण तिवारीसहित सो गाडीको खोजतलासी गर्न थाल्यो । पुस ८ गते प्रहरीले कोहलपुरको अतिथि होटलमा सो गाडी बेवारिसे अवस्थामा फेला पा¥यो र उजुरीकर्ता भारतीय व्यापारीलाई कानुनी प्रक्रिया पु¥याएर जिम्मा लगायो । त्यस गाडीमा सुन थियो भन्ने पुसको दोस्रो सातामात्रै प्रहरीले थाहा पायो ।
त्यसै सेरोफेरोमा प्रहरी हबलदार सुरज तिरुवाले आफ्ना दाजु लक्ष्मण हराएको भन्दै काठमाडौं लैनचौरस्थित प्रहरी बृत्तमा उजुरी दिए । त्यसपछि प्रहरी प्रधान कार्यालय अपुराध विभाग र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले केन्द्रीय अनुसन्धान ब्यूरोलाई लक्ष्मण खोज्न निर्देशन दिए । ब्युरोले अनुसन्धान थाले लगत्तै उनको मोबाइल म्यासेज हेर्न थाल्यो, जसमा सुन सुरक्षित रहेको जस्ता कुरा पाइएपछि अनुसन्धान लक्ष्मणभन्दा पनि सुन खोज्नतर्फ केन्द्रीत भयो । यो समाचार आजको नागरिक दैनिकमा छ ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते