नेविसंघ नेता उत्पादनको नर्सरी, ४८ वर्षे इतिहासमा जम्मा ११ महाधिवेशन

  • साझा डबली
  • शनिबार, फाल्गुन ४, २०७५
  • काठमाडौं,फागुन ४ । कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पार्टीमा नेता उत्पादनको नर्सरी मानिन्छ । कांग्रेसको अहिलेको केन्द्रीय राजनीतिमा स्थापित भएका सभापतिदेखि केन्द्रीय सदस्यहरूसम्मको अनुहारले पनि नेविसंघ नेता उत्पादन गर्ने नर्सरी भएको प्रस्ट्याउँछ ।

    पञ्चायती व्यवस्था सुरु भएपछि कांग्रेसका विद्यार्थी नेताहरू संगठित हुँदै ०२७ सालमा नेविसंघ स्थापना गर्न पुगेका थिए । विपिन कोइरालाले मार्सलजुलुम शाक्यलाई एक मतले पराजित गरेर पहिलो सभापति भएको ४८ वर्षसम्म आइपुग्दा १८ जनाले कांग्रेसको सबैभन्दा ठूलो भ्रातृसंस्थामा सभापति हुने मौका पाएका छन् । जसमा ६ निर्वा्चित, पाँच सर्वसम्मत र सात सभापति तदर्थ समितिबाट छानिएका छन् ।

    १८ सभापतिमध्ये एक मात्र सभापतिले समयमै अर्थात दुईवर्षे कार्यकालभित्रै महाधिवेशन गरी नेतृत्व हस्तातरण गरेका छन् । पार्टी फुट्नुअघि ०५७ सालमा आठौँ महाधिवेशनबाट सभापतिमा चुनिएका विश्वप्रकाश शर्माले ०५९ मा नवौँ महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरे ।

    तर, अरू कुनै पनि सभापतिले नियमित कार्यकालमा महाधिवेशन गर्न सकेनन् । बरु, प्रभावशाली नेता उत्पादन गरेको, पार्टी गणतन्त्रमा जान खुट्टा कमाउँदै गर्दा गणतन्त्रको बिगुल फुकिसकेको, शैक्षिक मुद्दा उठाउने, जनजीविकका सवालका विषय उठाउने नेविसंघ नेताहरूको गुटगत राजनीतिको सिकारले ग्रस्त हुँदै आएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology