भ्यालेन्टाइनमा प्रेमी-प्रेमिका कसरी खुसी पार्ने ? हेर्नुस केही टिप्स !

  • साझा डबली
  • बिहिबार, फाल्गुन २, २०७५
  • हरेक वर्ष फेब्रुअरी १४ मा संसारका विभिन्न भागमा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइन्छ । के वर्षयता यो दिवस नेपालमा पनि भित्रिएको छ । वास्तवमा प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि यो विशेष दिन हो । भ्यालेन्टाइन डे लाई कसरी स्मरणीय बनाउने ? धेरैलाई आज यो कुराले पिरोलेको हुनुपर्छ । आजको नयाँ पत्रिकाले यस्तो टिप्स दिएको छ ।

    एक-अर्कासँग समय बिताउने

    प्रणय दिवसजस्तो विशेष दिनमा एक(अर्कासँग समय बिताउनु नै सबैभन्दा ठूलो उपहार हो ।

    दिनको सुरुवात र अन्त्य विशेष बनाउने
    अन्य दिनभन्दा आजको दिन विशेष बनाउन बिहानको सुरुवाती र रातको अन्त्यमा सम्बन्ध अझ प्रगाढ बनाउने कोसिस गर्नुहोस् । एक-अर्कालाई मनपर्ने क्रियाकलाप गर्नुहोस्। त्यस्तै, मनपर्ने खाना खाएर र उपहार साटासाट गरेर विशेष बनाउन सकिन्छ ।

    वातावरण रोमान्टिक बनाउने

    वातावरण रोमान्टिक बनाउन फूल, चकलेट आदि प्रयोग गर्न सकिन्छ। एक(अर्कासँग टाढा भएका जोडीले फूल तथा उपहार पठाउन सक्छन् । वैज्ञानिक तथ्यअनुसार फूलले मानिसमा सकारात्मक प्रभाव पर्छ। त्यसैले सरप्राइजका रुपमा फूल पाउँदा सम्बन्ध प्रगाढ बनाउँछ ।

    योजना बुन्ने

    आफ्ना प्रेमी वा प्रेमिकालाई खुसी बनाउन कुनै विशेष योजना बनाउनुहोस्। यसका लागि आफूले भेट्ने ठाउँमा फूल र उपहारले सजाउन सकिन्छ । यसबाहेक एक अर्काका विशेष हुनका लागि मनपर्ने परफ्युम, ड्रेसअप लगाउन आवश्यक छ ।

    लभलेटररगीतरकविता लेख्ने

    आफ्नो जीवनमा प्रेमी वा प्रेमिकाको महत्व झल्काएर सम्बन्ध अझ प्रगाढ बनाउन आवश्यक छ । यसर्थ, उसका लागि लभलेटर, कविता लेख्ने कोसिस गर्नुहोस्। यसले प्रेमी वा प्रेमिकालाई थप आकर्षित बनाउन सहयोग पुग्छ ।

    दुवैलाई मनपर्ने कुनै काम गर्ने

    यही नै गर्नुपर्छ भन्ने नभए पनि दुवैलाई मनपर्ने कुनै काम गर्न सकिन्छ। सँगै बसेर काम गर्दा झन् रमाइलो महसुस गर्न सकिन्छ ।

    सरप्राइज दिने

    सरप्राइज दिँदा प्रायः मानिस खुसी हुने गर्छन् । यसर्थ आफ्ना प्रेमी वा प्रेमिका लाई खुसी बनाउन कुनै विशेष सरप्राइज दिनु उपयुक्त हुन्छ । त्यसका लागि मनपर्ने परफ्युम, गहना, कपडा, घुम्न जाने टिकट आदि दिन सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology