मन्तव्य राख्दै गर्दा बेहाेस भएका ७७ वर्षका गाउँपालिका अध्यक्षकाे निधन

  • साझा डबली
  • शनिबार, माघ २६, २०७५
  • पाँचथर,माघ २६। एउटा कार्यक्रममा मन्तव्य राख्दै गर्दा बेहोस भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमर कुमार नेम्बाङको निधन भएको छ ।उहाँलाई उच्च रक्तचापको समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ ।

    वि.स.१९९८ सालमा जन्मिनुभएका अमर कुमार नेम्वाङ जिल्लाका सबैभन्दा जेष्ठ गाउँपालिका अध्यक्ष हुनुहन्थ्यो ।

    शनिबार दिउँसो २ बजे गाउँपालिकाको ५ नम्बर वडाले गरेको कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा अध्यक्ष नेम्बाङ बेहोस हुनुभएको थियो । ७७ वर्षका गाउँपालिका अध्यक्ष नेम्बाङको इलाम अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौ ल्याउने तयारी हुँदै गर्दा निधन भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology