सुनको मूल्य फेरि बढ्यो, हेर्नुस आजको बजारभाउ !

  • साझा डबली
  • शुक्रबार, माघ २५, २०७५
  • काठमाडौं, माघ २५ । साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज तोलामा १ सय रुपैयाले बढेको हो ।

    बिहिवार सुन प्रति तोला ६२ हजारमा कारोबार भएको थियो भने आज शुक्रबार बढेर सुन प्रति तोला ६२ हजार १ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
    आज शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रति तोला ७८० रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology