सिन्धुलीको फिकलमा जिप दुर्घटना, ५ जनाको मृत्यु

  • साझा डबली
  • बिहिबार, माघ २४, २०७५
  • काठमाडौं, माघ २४ । सिन्धुलीको फिकल गाउँपालिका-२, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन । घटनामा ७ जना घाइते छन् भने ३ जनाको अवस्था गम्भीर छ ।

    जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा१५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

    गम्भीर घाइतेहरुको खुकोट अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    गएराति सिन्धुलीकै सुनकोशी गाउँपालिका-२ कमेरेफाँटमा जन्ती सवार बा ४ ख ९४३८ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology