पोखरा,फागुन १४ । आहा रारा गोल्डकपमा नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै क्यामरुनको डफिन्स फ्यामिली क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लगातार राम्रा आक्रमण बनाएको डफिन्सले अर्मेल अहान्डाको पहिलो कर्नर पुलिसको डिफेन्सले सहजै क्लियर गरेपनि त्यसलगत्तै पाएको कर्नरको सदुपयोग गर्दै बिविकले पहिलो गोल गरे ।
त्यस्तै खेलको ९२ औं मिनेटमा नेपाल पुलिस क्लब का सुमन लामाको कर्नरमा सुमन सुवेदीले हेडिङ्ग गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्याए ।
त्यस्तै खेलको अतिरिक्त समयको पाचौं मिनेटमा डफिन्सका यानिक ओवाना दोस्रो गोल गरे क्यामरुनको डफिन्स सेमिफाइनलमा प्रवेश गर्यो।
खेलको अन्त्यतिर दुवै टिमका खेलाडी सम्हालिन नसक्दा खेल तनावपूर्ण बनेको थियो । तनाव पछि पुलिसका हरि कठायत रेड कार्ड खाँदै अन्तिम समयमा मैदानबाट बाहिरिएका थिए ।
फोटो सौजन्य : गोल नेपाल







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते