मलाई बचाउनुहोस् म बाच्न चाहान्छु,दुवै मृगौला पिडित-मन थापा मगर (सक्दो सहयोग/सेयर गरीदिनुस)

  • साझा डबली
  • सोमवार, फाल्गुन १३, २०७५
  • पोखरा, फागुन १३ । मान्छेको सबैभन्दा ठूलो सम्पति भनेकै उसको स्वस्थ शरिर रहेछ । स्वस्थ शरिर भए हरेक सपना पुरा हुन्छ । संसार जित्न सकिन्छ । स्वस्थ शरिरनै नभए सबै तिर केवल अन्धकारनै देखिन्छ ।
    जिन्दगीमा मानिसले आफु र आफ्नो परिवारको खुशीका निम्ती जस्तो सुकै चुनौतीको पनि सामना गर्न तयार हुन्छ । अक्सर भन्ने गरिन्छ नि हरेस नखानु भनेर । तर जिवनमा कुनै पनि बाटो नदेखिएपछि । सबै बाटो बन्द हुन थालेपछि हरेस पनि खानु पर्दोरहेछ । जिन्दगी त्यतिबेला दिक्दार लाग्दो हुन्छ । जतिबेला शरिरका पार्टपुर्जाले काम गर्न छोड्न थाल्छन् । बाह्य घाउ त सबैले देख्छन् । तर भित्री दर्दलाई रोगी आफैले महशुष गरिरहेको हुन्छ । हरपल छट्पटिन्छ ऊ । एक आशाको किरण पालेर । कि कोही त होला जस्ले मलाई सपोर्ट, माया, स्नेह दिई बचाउन सक्छ ।

    आफ्नो भन्ने नजिकको कुनै एक व्यत्ति पनि आफ्नो अस्वस्थताको खबर सुनेपश्चात टाढा हुँदाको दर्द खेप्न अझ कति गाह्रो होला त्यो शरिरलाई । दर्दमाथी दर्द भारीले थिचेको थिचै छ । त्यो भारीलाई आफन्तले त बोकेनन् अरुले के बोक्थे र भन्ने प्रश्नले मनमा सताउँदा कस्लाई पो बाच्न मन लाग्थ्यो होला र ? तर पनि बाँचिरहेछन् उनि एक आशा बोकेर ।

    बाँचीरहेछन् उनि परिवारको खुशीका निम्ती । उनि अर्थात मृगौला पिडित मन थापा मगर । आज भन्दा ८ वर्ष पहिला थापा कामको शिलशिलामा सेसल्स आईरन पुगेका थिए । त्यहाँ पुगेपश्चात केहि समय त काम गरे उनले । तर पछि उनको शरिरनै उनका लागि घातक बन्यो । जुन सपना बोकेर गएका थिए थापा । बिचमै पोखियो । काम गर्दा गर्दै अचानक उनि बिरामी हुन पुगे ।

    त्यहाँ रहँदा उनले अस्पतालमा चेकजाँच पनि गरे । जब उनलाई थाहा भयो आफ्नो दुवै मृगौलाले काम गर्न छाडेको । तब थापा छाँगाबाट खसेजस्तै भए । उनि काम गर्न नसक्ने भए । जसोतसो गरेर थापा नेपाल फिर्ता भए । सामान्य परिवारमा जन्मेका थापा रिनधन गरेर परिवारका खुशीका निम्ती विदेश गएका थिए । परिवारका जेठा छोरा समेत रहेका थापाको परिवारमा पनि आशा थियो जेठो छोरा विदेश गएको छ । अब हाम्रा पनि दिन आए । आर्थिक स्थिति बिस्तारै सुधार हुँदै जाला । आशा बोकेका परिवारलाई के थाहा थियो मन थापा मृगौला पिडित छन् भन्ने ।

    थापा पनि विचरा कसरी भन्न सक्थे र आफ्नो अवस्थाको बारेमा परिवारलाई । तर नभनि उनि बस्न पनि त सक्थेनन् । त्यसैले उनले परिवारलाई भन्ने आँट गरे आफ्नो अवस्थाको बारेमा । रुपेन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं—६ निवासी मन थापाले वि.सं २०७० साल मंसिर १८ गते देखि काठमाडौंको शिक्षण अस्पतालमामा उपाचार गराईरहेका छन् । उनि भन्छन्— ‘हप्ताको ३ दिन डाईलोसिस गर्नु पर्छ । अहिले पो सरकारले निशुल्क डाईलोसिसको व्यवस्था गरेको छ । जस्ले केहि सहज त भएकै छ । तर पहिले उपचार र डाईलोसिस गर्दानै आफु विदेश हुँदा अलिअलि कमाएको पैसा सकियो । भएन भनेर घरपरिवारले बस्दै आएको घर पनि बेच्नु पर्यो ।’

    “मलाई बाँच्न मन छ । म जस्तै बिरामी भएका मेरा कति साथीहरु कसैको मृत्यु भयो, कोहीले आत्माहत्या गरे । तर म एउटा आशा लिएर मृत्यु सँग लडिरहेको छु । हरेक दिन दुखाईले सताईरहेकै हुन्छ । तर पनि दुखाईलाई नै दबाएर राखेको छु । एक अर्थमा भन्दा दुखाईनै मेरो साथी भइसकेको छ । सुनेको छु । देखेको छु । तर भोगेको छैन । कि सहयोग गर्ने हातहरु पनि प्रशस्तै पाईन्छ भन्ने । मलाई बचाईदिनुस हजुर । म बाच्न चाहान्छु । मेरो परिवारले म बाट धेरै आश गरेको छ । मेरो परिवारमा अलि अलि गर्न सक्ने मै हुँ । मै यस्तो भएको छु । अब मेरो परिवारलाई कस्ले हेर्ने” —थापाले रुँदै भने ।

    पहिले मृगौला खोज्दै हिँडे पाईन । अहिले मृगौला पाए । पैसा छैन । थापाको अहिले पनि उपचार गर्दा, डाईलाईसिस गर्दा महिनाको ३० हजार जति खर्च हुन्छ । आफ्ना साथीभाईहरु र परिवारको सहयोगमानै उपचार गरिरहेको उनि बताउछन् । शिक्षण अस्पतालका डाक्टर महेश नेपालका अनुसार मन थापा मगरको दिर्घकालिन रुपले दुवै मृर्गौला खराव भएको जानकारी गराएका छन् । उनका अनुसार थापाको नियमित डायालाईसिस अथवा मृर्गौला प्रत्यारोपण गर्नु पर्ने छ । मृर्गौला प्रत्यारोपण गर्न कम्तीमा २५ लाख रुपैया लाग्ने जनाईएको छ ।

    नेपाल सरकारको स्वास्थ्य विभागको नियमअनुसार नेपालमा प्लाज्मा ट्रान्सफर अन्तरर्गत आमाको मृर्गौला प्रत्यारोपण गर्न सकिन्छ । मन थापालाई बचाउनका लागि सहयोग गर्न चाहाने संघसंस्था वा व्यत्तिहरुलाई हिमालयन बैंकको एकाउन्ट नम्बर.००३०५५६१८४००११ मा सहयोग गर्न अपिल समेत गरिएको छ ।

    यस्तै, पोखरामा रहेर शिक्षा, स्वास्थ्य, खेलकुद, कला क्षेत्रमा अनवरत रुपमा काम गर्दै आएको संस्था ओम फाउण्डेशन नेपाल कास्कीले मन थापा बचाउ अभियानको थालनी गरेको छ । संस्थाले पनि मन थापा बचाउन पोखरामा अपिल गरेको छ । संस्थाका महासचिव सुरेन्द्र गुरुङले मन थापाको दयनिय अवस्था देखेरनै संस्थाले अभियानको थालनी गरेको बताएका छन् । अध्यक्ष डिलु गुरुङको संयोजनमा अभियान समितिलाई परिचालित गरिने बताइएको छ ।
    यसअघि पनि संस्थाले भुकम्प पिडित सहयोगार्थ, विद्यार्थीहरुको शैक्षिक स्थरको विकासका निम्ती गाँउगाँउमा गएर विविध कार्यक्रम गरिसकेको छ ।

    सक्दो सेयर गरेर अन्य व्यक्ति सामु पुर्याउ होला !

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology