नेकपाको कार्यदल भंग, अब के हुन्छ ?

  • साझा डबली
  • शुक्रबार, फाल्गुन १०, २०७५
  • काठमाडौं, फागुन १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संगठनात्मक एकीकरण टुंग्याउन गठित कार्यदल शुक्रबारबाट भंग भएको छ ।
    आज बिहान बालुटारमा बसेको नेकपाको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

    शुक्रबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल भंग गरिएको र अब कार्यदलको बाँकी काम सचिवालयले नै गर्ने बताउनुभयो। बिहीबार कार्यदल र सचिवालयको संयुक्त बैठक बसेको थियो । बैठकमा कार्यदलले एकीकरणको खाका (जिल्लातहको नेतृत्वको सिफारिससमेत) बुझाउन सात दिनको समय माग गरेको थियो ।

    कार्यदलको म्याद नथपिएको अवस्थामा माधव नेपाल पक्षधरका सदस्यहरुले छुट्टै समानान्तर प्रतिवेदन बुझाउने तयारी गरेका छन् । बिहीबारको बैठकमा बोल्ने नेपाल समूहका सबै सदस्यले कार्यदललाई निस्कृय बनाइएको आरोप लगाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology