घट्यो सुनचाँदीको मूल्य, हेर्नुस आजको दररेट !

  • साझा डबली
  • बिहिबार, फाल्गुन ९, २०७५
  • काठमाडौँ,फागुन ९ । बिहिबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । अघिल्लो दिन बुधबार सुनको मूल्यमा ६ सय रुपैयाले वृद्धि भएर हालसम्म कै उच्च मूल्यमा पुगेको थियो ।

    वृद्धिसंगै बुधबार छापावाल सुनको मूल्य बुधबार प्रति तोला ६३ हजार ३ सय पुगेको थियो । आज बिहिबार भने सुनको मूल्य तोलामा २ सय रुपैयाले घटेको छ । नेपाल सुनचांदी ब्यबसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोला ६३ हजार १ सय मा कारोबार हुने छ ।

    आइतबार तोलामा ४ सयले बढेको छापावाल सुन सोमबार तोलामा २ सय रुपैयाले बढेर १ तोलाको ६२ हजार ७ सय रुपैयामा कारोबार भएको थियो । मंगलबार भने सुनको मूल्य स्थिर रहेको थियो ।

    बिहिबार तेजाबी सुनको मूल्य भने तोलाको ६२ हजार ८ सय रुपैया तोकिएको छ ।

    तर बिहिबार चाँदीको मुल्यमा भने कुनै परिवर्तन आएको छैन । चांदी आइतबार प्रतितोला ७७५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार र मंगलबार भने प्रतितोला ७८० रुपैयाँमा कारोबार भएको थियो ।

    बुधबार र आज बिहिबार चाँदीको तोलामा ७८५ रुपैया रहेको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology