होसियार ! यी १० अवस्थामा लसुन खाए हुनसक्छ खतरा !

  • साझा डबली
  • मङ्लबार, फाल्गुन ७, २०७५
  • लसुनले हाम्रो खानालाई मीठो बनाउने मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ रहन धेरै मद्दत गर्दछ । लसुन नियमित खानाले स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बच्न सकिन्छ तर केही यस्ता स्वास्थ समस्या भएका मानिसहरुलाई लसुन खाएमा झन् बढि हुन सक्छ ।

    कस्तो अवस्थामा नखाने ?

    १) कलेजोको समस्या भएमा
    पहिले देखी कलेजोको समस्या छ भने लसुन नखानुहोस । धेरै लसुन खानाले झनै समस्या बढ्न सक्छ ।

    २) मियोप्याथिक ओषधि प्रयोग गर्दा
    होमियोप्याथिकको औषधि प्रयोग गरिरहनुभएको छ भने लसुन खानु हुदैँन । यस्तो अवस्थामा लसुन खाएमा औषधिले काम गर्दैन् ।

    ३) निम्न रक्तचाप भएमा
    धेरै लसुुन खानाले ब्लड प्रेशर कम हुन्छ । पहिले देखि नै लो ब्लडप्रेशरको समस्या छ भने लसुन नखानुहोस ।

    ४) एनिमिया भएमा
    लसुन खानाले हेमोलिटिक एनिमिया वा हेमोग्लोबिनको कमी हुन सक्छ ।

    ५) पेटमा समस्या भएमा
    यदि पेटमा गडबडी छ अल्सर, डायरिया जस्ता समस्या छन् भने लसुन नखानुहोस ।

    ६) गर्भ निरोधक पिल्स लिएमा
    धेरै लसुन खाएमा गर्भ निरोधक पिल्सले काम गर्दैन त्यसैले गर्भ निरोधक पिल्स सेवन गरिरहनुभएको छ भने लसुन नखानुहोस ।

    ७) गर्भवती अवस्थामा
    लसुनले गर्मी गराँउछ । यदि गर्भवती अवस्थामा धेरै लसुन खाएमा गर्भ तुहिने खतरा पनि हुन् सक्छ ।

    ८) सर्जरी गर्दा
    लसुन धेरै खानाले रगत पातलो हुन्छ । सर्जरीको समयमा धेरै ब्लिडिङ हुन सक्छ ।

    ९) एलर्जीको समस्या भएमा
    जसलाई एलर्जीको समस्या छ उनीहरुलाई लसुन खाएमा झन बढि हुन सक्छ ।

    १०) रगत पातलो बनाउने औषधि लिदा
    लसुनले रगत पातलो बनाँउछ । पहिले देखि नै यस खालको औषधि लिइरहनुभएको छ भने समस्या झनै बढ्न सक्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology