मनकामना केवलकार पोखरा कपमा च्यासललाई हराउदै बिदेशी टोली क्यामरुनको बिजयी सुरुवात

  • साझा डबली
  • पोखरा १६, माघ । बिदेशी टोली क्यामरुनी डाफिन्स फुटबल क्लब छैटौं मनकामना केवलकार पोखरा कपमा बिजयी सुरुवात गरेको छ । क्यामरुनी टोलीले च्यासल युथ क्लब काठमाडौंलाई १–० ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो । खेलको १० औं मिनेटमा पाएको फ्रिकिकमा गोल गर्दै भ्रमणकारी टोलीले १ गोलले अग्रता लिर्दै बिजयी शुरुवात गरे ।

    Photo : Sabin Regmi

    ३० यार्डबाट इकविनले हानेको फ्रिकिकलाई अग्ला खेलाडी यान्निकले हेड गर्दै पोष्टको दिदा दिए । खेलको ३३ औं मिनेटमा क्यामरुनी टोलीले अर्को अवसर जुरायो । तर त्यो सदुपयोग भने हुन सकेन् । फ्रिकिकलाई उपयोग गर्ने तयारीमा रहेको क्यामरुनी टोलीले सायलो मार्टिनले हानेको पावर सट बल क्रसबार माथिबाट बाहिरियो । बिहीबार कुनै खेल हुने छैनन् भने शुक्रबार आयोजक पोखरा ११ ले बिग्रेड ब्वाईजसँग प्रतिस्पर्धा गर्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology