गण्डकी प्रदेशमा अझै पनि आठ हजार प्रहरी अपुग, भिआइपी प्रदेशमा भ्रमण हुदा स्रोत र साधनको कमि

  • साझा डबली
  • मङ्लबार, माघ १५, २०७५
  • पोखरा, माघ १५ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले पत्रकार सम्मेलन गरी प्रहरी गतिविधिका साथै समसामयिक विषयमा सोमबार छलफल गरेको छ ।

    प्रदेश प्रहरी प्रमुख प्रहरी नायम महानिरीक्षक दान सिंह बोहराका अनुसार भूगोलको हिसाबले ४.५९ बर्ग किमी क्षेत्रफल बराबर एक जना प्रहरी कार्यरत रहेका छन तसर्थ उनले भीआइपी र भीभीआइपीको प्रदेशमा भ्रमण हुँदा जनशक्तिसहित र स्रोत साधनको व्यवस्थापनमा कमी हुने गरेको कुरा बताए ।

    गण्डकी प्रदेशमा अझै पनि आठ हजार प्रहरी अपुग छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय अनुसार प्रदेशमा अहिले जम्मा ७ हजार १७ जना प्रहरीको दरबन्दी रहेको छ भने प्रदेशमा हाल कार्यरत प्रहरीको हिसाबले एक जना प्रहरीले ४ सय ४७ जनालाई सुरक्षा प्रदान गर्नुपर्ने अवस्था रहेको छ ।

    प्रदेशका ११ जिल्लामा गरी अहिले ४ हजार ६ सय ८३ भन्दा प्रहरी छैन । कायम दरबन्दीमा समेत २ हजार ३ सय ३४ जनाको दरवन्दी खाली नै रहेको छ । शान्ति सुरक्षाको अवस्थालाई मजबुत पार्न हाल कायम रहेको दरवन्दीमा थप ५ हजार ३ सय ३६ जनशक्ति आवश्यक पर्ने प्रदेश प्रहरीले जनाएको छ ।

    गण्डकी प्रदेशमा २१ हजार ५ सय ४ बर्ग किलोमिटर क्षेत्रफल र २० लाख ९२ हजार १ सय ५३ जनसंख्या रहेको छ । हाल प्रदेश सरकारका विशिष्ट व्यक्ति, प्रदेश सभा, मन्त्रालय र निवास गरी प्रहरी निरीक्षकको कमान्डमा १ सय २१ जना सुरक्षार्थ खटिएका छन् ।

    संघीय संरचनामा गएसँगै प्रदेश राजधानी भएका हिसाबले पनि पोखरामा भिआइपी आवागमन उच्च रहेको देखिएको छ । चालू आर्थिक वर्षको ६ महिना सकिँदा पुष मसान्तसम्म अतिविशिष्ट व्यक्तित्वहरुले ३ सय ५ पटक भ्रमण गरेको र प्रदेशका विशिष्ट व्यक्तिहरुले १ सय ७७ पटक भ्रमण गरेको समेत कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology