त्रिविले थाल्याे तयारी,स्ववियु निर्वाचन फागुनमा १४ मा

  • साझा डबली
  • सोमवार, माघ ७, २०७५
  • काठमाडौं,माघ ७। त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनकाे तयारी थालेकाे छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयले आशन्न स्ववियु निर्वाचनका लागि अध्ययन संस्थान र सङ्कायका डीन, निर्देशनालयका निर्देशक, महाशाखा प्रमुख एवं उपत्यकाभित्रका आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखसँग साेमबार छलफल गरेको हाे । त्रिविले आउँदो फागुन १४ गतेका लागि निर्वाचन तोकेको छ ।

    शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीको अध्यक्षतामा सम्पन्न छलफलमा तोकिएको जिम्मेवारी पूरा गर्न स्ववियु निर्वाचन निर्देशिकामा समावेश हुनुपर्ने आचारसंहिताका विषयवस्तुमा सुझाव प्रस्तुत गरिएको थियो ।

    बैठकमा उपकुलपति डा तीर्थराज खनियाँले उम्मेदवार हुने उमेरहद अघिल्लो निर्वाचनबाट स्थापित भइसकेकाले यो निर्वाचनलाई नियमित प्रक्रियाका रुपमा सम्पन्न गर्नुपर्ने दायित्व त्रिविका सबै आङ्गिक क्याम्पसलाई भएको उल्लेख गरे ।

    श्रोत-रासस 

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology