सामूहिक बलात्कार काण्डका दोषी दुई वर्षपछि पक्राउ

  • साझा डबली
  • शुक्रबार, माघ ४, २०७५
  • बुटवल,माघ ४ । सर्वाेच्च अदालतले सजाय सुनाएको झन्डै दुई वर्षपछि दाङ प्रहरीले सामूहिक बलात्कार काण्डका दोषी विष्णु चौधरीलाई पक्राउ गरेको छ ।
    चौधरीलाई २०७३ साल फागुन ३० गते सर्वाेच्च अदालतका तत्कालीन न्यायाधीशद्वय गोपाल पराजुली र गोविन्दप्रसाद उपाध्यायको संयुक्त इजलाशले बलात्कार गरी लुटपाट गरेको आरोपमा उनलाई १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

    २०६५ साल चैत महिनामा बिजौरीमा भएको सामूहिक बलात्कार घटनामा उनी संलग्न रहेको अदालतको फैसलाको आधारमा दाङ प्रहरीले पक्राउ गरेको हो । अदालतको फैसला पश्चात चौधरी फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले चौधरीलाई तुलसीपुर—१८ मा रहेको घरबाटै शुक्रबार पक्राउ गरेको जनाएको छ ।

    चौधरीलाई अहिले जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology