हत्या अरोपीलाई समात्न प्रहरीले चलायो गोली

  • साझा डबली
  • बुधबार, माघ २, २०७५
  • बर्दिया,माघ २ । प्रहरीले बर्दियामा गोली चलाएर हत्या आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युवराज गिरी  छन् ।

    यसअघि २६ माघमा बाँकेको कोहलपुरमा नेपाल प्रहरीमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको विभत्स हत्या भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनको खोजी जारी राखेको थियो ।

    त्यसक्रममा इलाका प्रहरी कार्यालय, कोहलपुरका डीसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीले उनलाई पक्राउ पर्नेमा क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो । उनको खुट्टामा गोली लागेको जनाइएको छ । उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology