सहायक रजिष्ट्रार घुस लिन यस्तो बाटो अपनाएपछि आमा छोरी बैँकबाटै एक लाखसहित पक्राउ

  • साझा डबली
  • काठमाडौँ, माघ १। कम्पनी रजिस्टार कार्यालय त्रिपुरेश्वरकी सहायक रजिस्टार गीता पन्थी एक लाख घुससहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले पन्थीलाई एक लाख घुस रकमसहित सोमबार नियन्त्रणमा लिएको हो ।

    रजिस्टारको कार्यालयमा दर्ता रहेको विद्यालयको कर तिन जाँदा राजश्व रकम कम गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको टोलीले पन्थीलाई पक्राउ गरेको हो ।

    पन्थीले सेवाग्राहीसँग घुस लिएर छोरी पोषण पन्थीलाई राख्न दिएको अवस्थामा काठमाडौँ १४ स्थित एनएमबी बैंकको पार्किङबाट दुवै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

    पक्राउ परेका दुवैजनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाइएको अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology